आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष लेखी एमालेमा प्रवेश

नेपालखोज २०७८ असोज १७ गते १४:०४

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् ।ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखी सहितका ५५ जनालाई पार्टी प्रवेश गराएका हुन् ।

लेखीले पहिलो संविधानसभा विघटन पछि एमाले छोडनु भएको थियो । त्यसपछि उनी मधेशवादी विभिन्न दलहरुमा आवद्ध भएका थिए ।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया