भारतमा हालसम्म ४ लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु

नेपालखोज २०७८ असोज १७ गते १५:४३

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५०० भन्दा बढी संंक्रमित भएका छन् । भारतमा कोरोना संंक्रमणको कारण शनिबार थप २४४ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोना संंक्रमणबाट भारतमा हालसम्म ४ लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना संंक्रमित भएका हुन् ।

अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
शनिबार भन्दा आइतबार संक्रमितको संख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यसअघि दैनिक संक्रमितको संख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् ।

अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ । हिजो एकै दिनमा केरलामा १३ हजार २१७ जना नयाँ संक्रमित थपिए भने १२१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाको संख्या दुई लाख ७० हजार ५५७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय दैनिक संक्रमित र सक्रिय संक्रमितको संख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक संक्रमितको संख्याभन्दा दैनिक संक्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या कम हुँदै गएको हो । शनिबार दिनभर २२ हजार ८४२ सङ्क्रमित हुँदा २५ हजार ९३० जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल संक्रमणमुक्त भएकाको संख्या ३ करोड ३० लाख ९४ हजार ५२९ रहेको अधिकारीले जनाएका छन् ।
भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ३२ लाख जना कोरोना परीक्षण गरिएको छ ।

भारतमा गत जनवरी १६ तारिखबाट कोरोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ५१ लाख डोज खोप लगाइएको छ ।

प्रतिक्रिया