नेपालमा कोरोना संक्रमण निको हुने दर ९६.५ प्रतिशत

काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुने दर ९६.५ प्रतिशत पुगेको छ । गत चौबीस घण्टामा थप १ हजार ४०५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९६ दशमलव ५ प्रतिशत पुगेको हो । हाल नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ६९ हजार २२४ पुगको छ ।
त्यस्तै गत चौबीस घण्टामा थप ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट ७ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा ५७४ जना र ३ हजार ८५० जनाको एन्टीजेन परीक्षण गर्दा १०५ जना गरि कुल ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९७ हजार १९२ र एन्टीजेन विधिबाट ९२ हजार ३४ पुगेको छ । हाल देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार १६४ पुगेको छ ।

प्रतिक्रिया