चितवनसँग ललितपुर पाँच विकेटले पराजित
नेपालखोज
२०७८ असोज १७ गते १७:५२

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले ललितपुर प्याट्रियट्सलाई पाँच विकेटले हराएको छ । ललितपुरले दिएको एक सय नौ रनको सामान्य लक्ष्य चितवनले १६ बल अगाडि मात्रै पाँच विकेट गुमाएर भेटायो ।
चितवनको जितमा अफगानी खेलाडी मोहम्मद शहजादले सर्वाधिक ३५ रन बनाए । बलिङतर्फ ललितपुरका अजमुतुल्लाह ओमरजाई र रिजन ढकालले दुईरदुई विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले जयकिशन कोल्सावालाको ४२ रनको मद्दतमा एक सय आठ रन बनाएको थियो । बलिङतर्फ चितवनका कलम ऐरीले तीन तथा करिम जनत र सागर ढकालले दुई/दुई विकेट लिए ।
चौंथो जितसँगै चितवन क्वालिफायरमा प्रवेश गरेको छ । चितवनले ४ खेलमा ८ अंक जोडेको छ । र, चितवनले शीर्ष दुई पक्का गरेको हो ।ललितपुर भने तीन अंकसहित चौथो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया