कांग्रेस अधिवेशन : संखुवासभामा दीपक खड्का विजयी

नेपालखोज २०७८ असोज १८ गते ६:४५

संखुवासभा । नेपाली कांग्रेस संखुवासभाको जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री समेत रहेका दिपक खड्का विजयी भएका छन् । सभापति पदमा खड्का र राईबहादुर राईबीच प्रतिस्पर्धा भएको थियो ।

आज विहान सम्पन्न मतपरिणाममा पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्का १ हजार ३५२ मतमध्ये एक हजार १ हजार १९८ मतसहित विजयी भएका हुन् । उनी जिल्लाका लोकप्रिय नेता हुन् ।

यस्तै उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन् । शनिबार साँझ साढे ६ बजेबाट मतदान प्रक्रिया सुरु भएको थियो ।

सभापति पदमा विजयी पूर्वराज्यमन्त्री खड्का बलिया उम्मेदवार थिए । जिल्ला सभापतिसँगै कार्यसमितिमा ४२ पद र महाधिवेशन प्रतिनिधिका लागि २६ पदमा मतदान भएको थियो । संखुवासभामा एक हजार तीन सय ८९ प्रतिनिधिले मतदान गरेका थिए ।

प्रतिक्रिया