आइतबार, जेठ ६, २०८१

काँग्रेस ताप्लेजुङ सभापतिमा तुम्याहाङ विजयी

नेपालखोज २०७८ असोज १८ गते ८:१०

ताप्लेजुङ । नेपाली काँग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्र तुम्याहाङ निर्वाचित भएका छन् । ताप्लेजुङमा एक उपसभापति बाहेक सबै संस्थापन पक्षका उमेद्वार विजयी भएका छन् ।

सभापतिमा तुम्याहाङले छबिलाल गुरुङलाइ पराजित गरेका हुन् । यस्तै उपसभापतिद्धयमा गुरुङ समूहका गणेशबहादुर चोङ्वाङ र तुम्याहाङ समूहका डिल्लीरमण बराल निर्वाचित भए ।

सचिवद्धयमा तुम्याहाङ समूहका डम्बर(युकहाङबीर) हाङ्गाम र नन्दकुमार ओझा तथा सहसचिवद्धयमा तुम्याहाङ समूहकै जंग(तेज)सुनुवार र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया