चन्द्रागिरिको कांग्रेसमा गिरीको प्यानलै सर्वसम्मत
नेपालखोज
२०७८ असोज १८ गते ८:४२

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाको कांग्रेस सभापतिमा घनश्याम गिरी चुनिएका छन् ।
आइतबार राति अबेर सर्वसम्मत रूपमा गिरीको नेतृत्वको प्यानल नै चुनिएको हो । गिरी चन्द्रागिरी नगरपालिकाका मेयरसमेत हुन् ।
उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम वानियाँ चुनिएका छन् । सचिवमा राजेन्द्र महर्जन र नविन महर्जन तथा सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चुनिएका छन् ।
कोषाध्यक्ष मञ्जय प्रकाश श्रेष्ठ बनेका छन् ।
सम्बन्धित

प्रतिक्रिया