अमेरिकी राजदूत बेरी परराष्ट्रमन्त्री भेट्न किन पुगे सिंहदरबार ?

नेपालखोज २०७८ असोज १८ गते १३:५२

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी र परराष्ट्रमन्त्री नारायण खड्का बिच भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्धका विषय र बहुपक्षीय संलग्नताका सम्बन्धमा कुराकानी भएको बताइएको छ ।

खड्का मन्त्री नियुक्त भएपछि पुगेका बेरीले सुरुवातको भेटवार्तामा नयाँ जिम्मेवारी सम्हालेकोमा बधाईसमेत दिएका थिए ।

राजदूत बेरी मन्त्री खड्कालाई भेट्न आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए । उक्त अवसरमा मन्त्री खड्काले राजदूत बेरीलाई नेपालको विकासमा पहल र कोरोना भाइरसविरुद्ध सहयोग गरेकोमा अमेरिकी सरकार र जनतालाई धन्यवाद व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा एमसीसी सम्झौतालाई लिएर प्रश्न उठेपछि केही समय अघिमात्र नेपाल सरकारले अमेरिकी सरकारमार्फत ११ विवादित विषयमा प्रश्न सोधेको थियो ।

प्रतिक्रिया