सबैभन्दा सस्ता कार !

यदि तपाईं सुलभ मूल्यमा राम्रो कार खरिद गर्न चाहनुहुन्छ भने बजारमा किफायती कारका कैंयन विकल्प उपलब्ध छन् । यहाँ त्यस्तै केही कारका बारेमा चर्चा गरिदैछ जुन कार समग्र कारको तुलनामा सबैभन्दा सस्ता र मेन्टिनेन्स खर्च पनि कम लाग्ने भनेर सुपरिचित छन् ।
Renault Kwid BS6
• यो एंट्री लेवल ह्याचब्याक हो । यो हल्का र चलाउन सजिलो गाढी मानिएको छ ।
• यो कारमा १.० लीटरको ३ सिलिन्डर युक्त पेट्रोल इन्जिन प्रयोग गरिएको छ जसले ६८ एचपी पावर तथा ९१ एनएम टर्क जेनरेट गर्छ ।
• यसले प्रतिलिटर २१-२२ किलोमिटर माइलेज दिने बताइएको छ ।
• अन्तर्राष्ट्रिय बजारमा यो कारको प्रारम्भिक मूल्य ५ लाख रुपैयाँ पर्छ जुन नेपालमा चर्को करका कारण चार दोब्बर जस्तो हुन आउँछ ।
Maruti Suzuki Alto
• यो एक समयको टप सेलिङ कार मध्ये एक हो ।
• यसमा ७९६ सीसीको ३ सिलिन्डर इन्जिन प्रयोग गरिएको छ जसले ६००० आरएमपिमा ३७.३ एचपीको म्याक्सिमम पावर र ३५०० आरपीएममा ६९ एनएम टर्क जेनरेट गर्छ ।
• Maruti Suzuki Alto फाइभ स्पीड म्यानुअल ट्रान्समिसनले सुसज्जित छ ।
• यो कार भारतिय बजारका शोरुमहरुमा ५ लाख नेपाली रुपैयाँमा खरिद गर्न सकिए पनि नेपालको चर्को भन्सार महसुल र करका कारण चार दोब्बर मूल्यमा बिक्री हुन्छ ।
Maruti S-Presso
• यो कारलाई हारटेक्ट प्लेटफर्ममा तयार गरिएको बताएको छ ।
• यसमा ९९८ सीसीको ३ सिलिन्डर इन्जिन प्रयोग गरिएको छ ।
• यो कारमा प्रयोग भएको इन्जिनले ५५०० आरपीएममा ६७ बीएचपी पावर तथा ३५०० आरपीएम मा ९० न्यूटन मिटरको पीक टर्क जेनरेट गर्छ ।
• Maruti S-Presso फाइभ स्पीड म्यानुअल र अटोमेटिक ट्रान्समिशन अप्सनका साथ आउँछ ।
• यो गाढीले १ लिटर पेट्रोलमा २१.४ किलोमिटर माइलेज दिन्छ ।
• यो कारको मूल्य भारु ३ लाख ७० हजार छ जुन नेपाली बजारमा आइपुग्दा करिब २४ लाख नेपाली रुपैयाँ हुन आउँछ ।
Datsun Redi-Go
• यो कारमा ७९९ सीसीको ३ सिलिन्डर पेट्रोल इन्जिन प्रयोग भएको छ जसले ५६०० आरपीएममा ५६ एचपी पावर तथा ४२५० आरपीएममा ७२ एनएम टर्क जेनरेट गर्न सक्छ ।
• यसको अर्को इन्जिन १.० लीटरको छ जसले ५५५० आरपीएममा ६७ एचपि पावर तथा ४२५० आरपीएममा ९१ एनएम टर्क जेनरेट गर्न सक्छ ।
• अन्तर्राष्ट्रिय बजारमा यो कारको प्रारम्भिक मूल्य पनि ५ लाख नेपाली पर्न आउँछ ।
प्रतिक्रिया