ईपीएल : काठमाडौं र भैरहवाबीच प्रतिस्पर्धा हुने
नेपालखोज
२०७८ असोज १९ गते ६:३९

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) काठमाडौं किङ्स ११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने लिग चरणको अन्तिम खेल बिहान ९:३० बजे सुरु हुनेछ । काठमाडौं ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । यस खेलमा हार ब्यहोरेमा काठमाडौं बाहिरिनेछ ।
जित निकालेका चौंथो स्थानमा रहेर प्ले अफमा पुग्नेछ । भैरहवा भने यस अघि नै प्ले अफ पुगिसकेको छ । भैरहवा ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
काठमाडौंलाई हराएर भैरहवा क्वालिफायरमा स्थान बनाउन चाहन्छ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया