नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दै, अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा छलफल हुने

नेपालखोज २०७८ असोज १९ गते ८:०५

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ ।

बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल हुने छैन ।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो ।

बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल नेतृत्वको टोली हिजो नै भारतको नयाँदिल्ली पुगीसकेको छ ।

नेपालका तर्फबाट आईजीपी खनाल, सशस्त्र प्रहरी कार्य तथा सीमा विभाग प्रमुख पुष्पराज केसी, प्रशासन विभागका डीआईजी नारायणदत्त पौडेललगायत सहभागी हुने छन् ।

प्रतिक्रिया