दोलखाको कांग्रेस सभापतिमा लामा निर्वाचित

नेपालखोज २०७८ असोज १९ गते ९:३५


काठमाडौं । नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । १४ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरे।

लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गरे ।

यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो । –रासस

प्रतिक्रिया