बिहीबार, जेठ २, २०८२

ईपीएल : काठमाडौं र भैरहवाको अन्तिम लिग खेल रद्द, काठमाडौं प्लेअफमा

नेपालखोज २०७८ असोज १९ गते १४:४३

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत काठमाडौं र भैरहवाबीच हुने भनिएको अन्तिम लिग खेल रद्द भएको छ । वर्षाका कारण खेल हुन नसकेपछि भैरहवा ग्लाडिएटर्ससँग अंक बाँड्दै काठमाडौं किंग्स इलेभेन प्लेअफमा पुगेको छ । ललितपुर भने नेट रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरिएको छ ।

खेल रद्द भएपछि काठमाडौं र भैरहवाले एक–एक अंक बाँडेका छन् । पाँच खेलबाट तीन अंक जोडेको काठमाडौं चौथो स्थानमा रहेर प्लेअफ पुगेको छ । भैरहवा यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

दुई समूहबीच आज (मंगलबार) साढे ९ बजदेखि खेल सुरु हुने तालिका थियो । वर्षाका कारण त्रिबि खेल मैदान भिजेर असज भएपछि खेल रद्ध गरिएको आयोजकले जनाएको छ ।

ईपीएलमा भोलि ( बुधबार) देखि पहिलो क्वालिफायर खेल हुँदै छ । खेल चितवन र पोखराबीच हुनेछ । पहिलो क्वालिफायर खेलको विजेता फाइनलमा पुग्नेछ ।

भोलि (बुधबार) नै पहिलो एलिमिनेटरमा भैरहवा र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेता दोस्रो एलिमिनेटरमा पुग्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रतिक्रिया