शनिबार, मंसिर २९, २०८१

सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका १२ जनाको नाम सार्वजनिक

नेपालखोज २०७८ असोज २० गते ९:४३

काठमाडौं । केन्द्रिय अनुुन्धान व्युरो (सिआईबी) ले संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल होम्समा इच्छाराज तामाङ सहित १२ जनाको नाम सार्वजनिक गरेको छ ।


सिआईबीका अनुसार पक्राउ पर्नेहरुमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, भगवान बहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकर प्रसाद पाठक, संगित श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजय विक्रम शाह र हरिहर लामिछाने रहेका छन् ।

सिआईबीका अनुसार सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा व्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगी सकेपछी खाताबाट रकम झिक्नको लागि पटक–पटक ताकेता गर्दा पनि फिर्ता नपाएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरेको भन्दै उजुरी परेकाे थियाे ।

सिआईबीले अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत यस ब्यूरोमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया