बिहीबार, जेठ २, २०८२

ईपीएल : फाइनल प्रवेशका लागि पोखरा र चितवनको खेल जारी

नेपालखोज २०७८ असोज २० गते ११:०५

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा अहिले चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा जारी छ । फाइनल प्रवेशका लागि प्रतिस्पर्धा भइहरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको पोखराले राम्रो सुरुवात गर्न सकेन । पोखराले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै मध्यम खेलिरहेको छ ।

पोखराको इनिङ ध्वस्त पार्नका लागि चितवनका स्पीन बलरको भूमिका रहेको छ । अहिले सम्म स्पिनर सागर ढकालले ३ विकेट लिएका छन् भने सहाब आमले २ विकेट लिएका छन् ।

चितवन र पोखराबीचको विजेताले फाइनलमा स्थान बनाउने छ । पराजित हुने टिमले बिहीवार भैरहवा र काठमाडौंको बिजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने छ ।

भैरहवा र काठमाडौंको खेल आज दिउँसो साढे १ बजे हुने छ ।

प्रतिक्रिया