काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको विमान नेपालगन्ज पुगेपछि…
नेपालखोज
२०७८ असोज २० गते ११:१३

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमान नेपालगन्जमा अवतरण गरेको छ ।
बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि यू ४–१३३ विमान उडेको थियो । सुर्खेतको मौसम सामान्य नहुँदा अवतरणमा समस्या देखिएको थियो ।
सुर्खेतको आकाशमा तीन फन्का लगाए पनि मौसम नखुलेपछि विमानलाई नेपालगन्ज डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ । विमानमा चालक दलका चार सदस्यसहित ५० जना सवार थिए ।
अहिले जहाज नेपालगन्जमा छ । मौसममा सुधार आउनासाथ सुर्खेत जाने बुद्ध एयरले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया