बिहीबार, जेठ ३, २०८१

मोटोरोला एज-२० प्रो दश मिनेटको चार्जमा ९ घण्टा चल्ने !, मूल्य कति ?

नेपालखोज २०७८ असोज २० गते १३:४४

काठमाडौं । मोबाइल फोनको विश्व प्रसिद्ध कम्पनी मोटोरोलालको मोटोरोला एज-२० प्रो दक्षिण एसियाली बजारमा पनि उपलब्ध हुन थालेको छ । मोटोरोलाको यो फ्लेगसिप स्मार्टफोन केही समयअघि ग्लोबल्ली लन्च भएको थियो । यो फोनसँगै मोटोरोलाले भेनिला एज-२० तथा एज-२० लाइट पनि सँगै बजारमा पठाएको थियो ।

मोटोरोला एज-२० प्रोमा एचडीआर १० प्लस सपोर्टका साथ १४४ हर्ज रिफ्रेस रेट भएको १०-बिट अमोलिड डिस्प्ले प्रयोग भएको छ । एज-२० प्रोमा स्नापड्रेगन ८७० एसओसी प्रोसेसर जडान भएको छ । जुन ८ जीबी र्‍यामका साथ आउँछ । यसमा १०८ मेगापिक्सेलको प्राइमरी सेन्सरका साथ ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ । यो फोनमा मोटोरोला स्मार्टफोनका दुई प्रमुख सफ्टवेयरको अपडेटेड भर्सन प्रयोग गरिएको बताइएको छ ।

मोटोरोला एज-२० प्रोको १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको भर्सनको अन्तर्राष्ट्रिय बजार मूल्य ६९९.९९ युरो राखिएको छ । यो स्मार्टफोनलाई चीनमा मोटोरोला एज एस प्रोका रुपमा रूप लन्च गरिएको थियो । जसको ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य २,४९९ युआनबाट सुरु गरिएको थियो । यो फोनको ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको भेरियन्टसमेत उपलब्ध छ ।

स्पेसिफिकेसन
मोटोरोला एज-२० प्रो एचडीआर टेन प्लस सपोर्ट, १०-बिट अमोलिड डिस्प्ले, कोर्निङ गोरिल्ला ग्लास फाइभ तथा ५७६ हर्ज टच स्यम्पलिङ रेटका साथ आउँछ । यो फोनमा स्नापड्रेगन ८७० एसओएस प्रोसेसर जडान गरिएको छ । जसलाई ८ जीबी एलपीडीडीआर फाइभ र्‍याम तथा २५६ जीबी यूएफएस ३.१ अनबोर्ड स्टोरेजका साथ जोडिएको छ ।

एज-२० प्रो मा ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ । जसमा ५० गुणा सुपरजुमका साथ १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर, ओआईएसका साथ ८ मेगापिक्सेल टेलिफोटो लेन्स तथा १६-मेगापिक्सेल अल्ट्रा-वाइड प्लस माइक्रो लेन्स उपलब्ध हुन्छ । सेल्फी और भिडियो कलका लागि यसमा ३२ मेगापिक्सेलको सुटर दिइएको छ । एज-२० प्रोले ११ फाइभ-जी ब्यान्डलाई सपोर्ट गर्छ ।

मोटोरोलाको यो स्मार्टफो इरिडसेन्ट क्लाउड तथा मिडनाइट ब्ल्याक कलरमा समेत उपलब्ध हुने बताइएको छ । एज-२० प्रो डस्ट र वाटर प्रुफ छ । यसमा फोनमा ३० वाटको टर्बोपावर फास्ट चार्जिङ सपोर्ट छ जसले ४,५०० एमएएचको ब्याट्रीलाई १० मिनेट चार्ज गरेपछि ९ घण्टा चल्ने बनाउँछ ।

प्रतिक्रिया