‘एमसीसी हाम्रो हितमा छ भने पास गरौं, छैन भने अमेरिकालाई भनौं’
नेपालखोज
२०७८ असोज २० गते १६:५५

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे दलहरुको एकस्वर हुनुपर्ने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार (आज) बसेको बैठकमा मन्त्री डा. खड्काले सबैको सहमतिमा मात्र एमसीसी अघि बढाउने बताए ।
मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा हस्ताक्षर गर्नु अघि किन अध्ययन नगरेको भन्दै प्रश्न गरे । उनले भने, ‘हाम्रो हितमा छ भने पास गरौं, हितमा छैन भने अमेरिकालाई भनौं, यो हाम्रो हितमा पाएनौं ।’
एमसीसी सम्झौता पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भन्नेबारे सोच्नुपर्ने उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया