आइतबार, वैशाख १६, २०८१

प्रधानमन्त्री देउवाले दिए दसैँकाे शुभकामना

नेपालखोज २०७८ असोज २१ गते १०:४८


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना दिएका छन् । आजदेखि विजयादशमी पर्व सुरु भएको उल्लेख गर्दै उनले सामाजिक सन्जाल मार्फत शुभकामना व्यक्त गरेका हुन् ।

साथै प्रधानमन्त्री देउवाले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गरेका छन् ।

‘नेपालीहरूको महान् पर्व विजयादशमी आजदेखि सुरु भएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु,’उनले ट्विटमा लेखेका छन्,’साथै, कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गर्दछु ।’

प्रतिक्रिया