१९ जना जुवाडे कौडा र तास सहित पक्राउ

काठमाडौं । प्रहरीले १९ जना जुवाडेलाई कौडा र तास सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राती अन्दाजी १०ः३० बजेको समयमा काठमाडौ महानगरपालिका बाफल स्थित रिजु श्रेष्ठको घरबाट पक्राउ गरेको हाे ।
सोही आधारमा सो स्थानमा वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज वोहरा समेतको टोली खटी गई १९ जना भेला जम्मा भई जुवातास खेलिरहेको अवस्थामा फेलापारी १९ जनालाई नै नियन्त्रणमा लिई कालिमाटीबाट थप अनुसन्धान भईरहेको छ ।
उनीहरुको साथबाट २ लाख ८६ हजार ६५ रुपैयाँ नगद, ७ बुुक तास, रातो क्विन १२ थान, सेतो १८ थान ,कालो ३२ थान निलो ६१ थान गरी जम्मा क्विन १२३ बरामद भएको छ ।
यसैगरी ३३ थान कौडा, कालो सेतो तन्ना एक थान, बिभिन्न कम्पनीका २८ थान मोबाईलहरु, अमिर लामा वाईवाको नामंको चेक बुक थान –१, संयम कन्ट्रक्सनको नाममा काटिएको २४ हजार रुपैयाँको चेक थान –१, एस एण्ड एस निर्माण सेवाको नाममा काटिएको २४ हजार रुपैयाँको चेक थान –१ समेत बरामद भएको छ ।
हेर्दा निम्न बमोजिमको नगद तथा जिन्सी धानमालहरु बरामद गरी १९ जना निम्न मानिसहरु समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि दाखिला गरी अनुुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया