देउवाले आज पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्

नेपालखोज २०७८ असोज २१ गते १८:०६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्न असफल भएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागवण्डामै विवाद नमिले पछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

मंगलबार नै दलहरुबिच मन्त्रालयको भागवण्डा मिलिसकेको दाबी गरिए पनि देउवा नेतृत्वको सरकार गठन भएको ८७औं दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन् । यसले देउवा सरकारको यतिबेला चौतर्फि आलोचना भइरहेको छ । अब शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने स्रोतको दाबी छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसकेका छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने यसअघि नै सहमति भइसकेको छ ।

माओवादीले आफ्नो भागमा परेका मन्त्रीको नाम टुंगो लगाइसकेको छ भने नेकपा एकीकृत समाजवादीको आजको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

प्रतिक्रिया