शुक्रबार, वैशाख १२, २०८२

घमण्डले खान्छ यी राशिलाई !

नेपालखोज २०७८ असोज २२ गते ७:३०

ज्योतिष शास्त्रले मानिसको राशिअनुसार उसको स्वभावदेखि लिएर गुण-दोष जस्ता कुराको भविष्यवाणी गर्छ । ज्योतिषीहरुका अनुसार कतिपय मानिस निकै तेज र बुद्धिमान हुन्छन् यद्यपि उनीहरु आफ्नो घमण्डका कारण मात खान्छन् । यो कुरा धेरै हदसम्म व्यक्तिको राशिमा पनि निर्भर गर्छ । यस्ता केही राशि छन् जसका स्वामी बुद्धिमान भए पनि आफ्नो घमण्डका कारण स्वयंलाई नोक्सान पुर्‍याउँछन्। वा लक्षमा सफल हुन सक्दैनन् ।

मिथुन

यो राशिका मानिसलाई निकै बुद्धिमान-समझदार र तेज मानिन्छ । मिथुन राशिका स्वामीहरु आफ्नो आत्मविश्वासका कारण कहिँ पनि सजिलै आफ्नो स्थान बनाउन सफल हुन्छन् । यद्यपि यो राशिको प्रकृति कस्तो छ भने यहि कुराले यो राशिको स्वामीको मनमा घमण्ड उत्पन्न गरिदिन्छ । भनिन्छ यही इगोका कारण यो राशिका मानिसहरु आफ्नो करियरमा त्यति अघि बढ्न सक्दैनन् जति उनीहरुमा क्षमता हुन्छ ।

मकर

ज्योतिष शास्त्रअनुसार मकर राशिका स्वामीहरुमा पनि घमन्ड हुन्छ । यही दोषका कारण यो राशिका मानिसहरुले आफ्नो जीवनमा त्यति खास केही गर्न सक्दैनन् जुन उनीहरुमा क्षमता हुन्छ । यिनीहरुले घमण्डकै कारण आफ्नो बनेको काम पनि बिगार्छन्। त्यसैले यो राशिका मानिसलाई अभिमानी पनि भनिन्छ ।

वृश्चिक

यो राशिका स्वामीलाई पनि अभिमानी मानिन्छ । यिनीहरु अरु कसैलाई गन्दैनन् । ज्योतिषीय मान्यताअनुसार यो राशिका स्वामीलाई के लाग्छ भने उसले जे भनि वा गरिरहेको छ त्यो नै सही हो र अरुको कुरा गलत । यही दृष्टिकोणका कारण यो राशिका मानिसहरुले आफ्नै नोक्सान गराउँछन् ।

प्रतिक्रिया