साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सको पहिलो जित
नेपालखोज
२०७८ असोज २२ गते ७:५७

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले पहिलो जित निकालेको छ । मालेको राष्ट्रिय स्टेडियममा गएराति भएको खेलमा माल्दिभ्सले बङ्गलादेशलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
माल्दिभ्सको जितमा हाम्जा मोहम्मद र अलि अस्फाकले एक एक गोल गरे । उनले उत्कृष्ट बाइसाइकल किक गोल गरे ।
खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । यस जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ ।
माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ ।
सम्बन्धित

प्रतिक्रिया