नेम्वाङले भने- निजामती सेवा विधेयक फिर्ता गर्नु सरकारकाे गल्ती

नेपालखोज २०७८ असोज २२ गते १५:४७

काठमाडौं । एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेका छन् ।

संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले बेठिक र उल्टो काम गरेको प्रतिक्रिया दिए ।

शुक्रबार (आज) संसद बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत् विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिए ।

उपनेता नेम्वाङले सरकारले आफूहरुको कारणले कुनै पनि विधेयक नरोकेको पनि स्मरण गराए । तर सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको उनको तर्क थियो ।

प्रतिक्रिया