बिहीबार, वैशाख ६, २०८१

सपना

रामबाबु दाहाल २०७८ असोज २३ गते ८:०८

सपना
एक निमेषको
घटना न हो !
स्मृतिमा सल्बलाउने छॉया
निंदसंग
प्रित गॉस्दै आउने माया
म देख्छु नचाहेर पनि
म देख्दिन चाहेर पनि !

सपना
कामना को
एक परिघटना न हो
कल्पित अकल्पित
स्वैर घटना
अक्सर म देख्छु
पुर्वज स्वजनलाई
तसर्थ लाग्छ !
स्वप्नलोक
मृत्यु पछिको गन्तब्य हो ?
हो म स्वप्नमा जहॉ हुन्छु
मृत्यु पछि त्यहि पुग्नेछु
धूमिल बिस्मृत छॉयाछवि
शायद मेरो मृत्युलोक हुनेछ ।

प्रतिक्रिया