मंगलबार, असार ५, २०८१

सर्प र काँचुली

केदार शर्मा २०८० असार २३ गते ८:१३

जति पटक काँचुली फेरे पनि
सर्प
सर्प बाहेक केही पनि हुन सक्दैन
तर सर्पलाई
काँचुली फेरे पिच्छे
आफू फेरिएझैँ लाग्छ
र ऊ आफूलाई सबैले
फेरिएकै ठाने भन्ने ठान्छ

बरा सर्प
काँचुली फेर्नुको अर्थ
केही पनि लाग्दैन भन्ने जान्दैन

काँचुली फेर्नुभन्दा पर
कुनै परिवर्तन हुन्छ भन्ने पनि जान्दैन
त्यसैले त ऊ
जेको पनि,
मौका पर्दा देशको समेत
काँचुली फेर्ने कुरा मात्र गर्छ।

प्रतिक्रिया