उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैँले सम्हाल्ने

नेपालखोज २०७८ असोज २५ गते १६:०६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हाल्ने भएका छन् ।

नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड (क) बमोजिम मन्त्री हमालले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया