नेपालबाट यस वर्षको मनसुन बाहिरियाे
नेपालखोज
२०७८ असोज २५ गते १९:०३

काठमाडाैं । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ ।
अक्टोबर २ अर्थात् गएको असाेज १६ गते मनसुन बाहिरिने अनुमान गरिएकोमा ९ दिन ढिला गरी मनसुन बाहिरिएको विभागले उल्लेख गरेकाे छ ।
यस वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो । देशका ८६ ठाउँमा रहेका मापन केन्द्रको रेकर्ड अनुसार यस वर्षको मनसुनमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया