पहाडी भू-भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७८ असोज २६ गते ६:४०

काठमाडाैं । नेपालमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू-भागको एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू-भागका वा दुई स्थानमा मेघगर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया