जम्मु-कश्मीरमा हमला, ५ भारतीय सेनाको मृत्यु
नेपालखोज
२०७८ असोज २६ गते ९:४४

जम्मु कश्मिर । सोमवार साँझ आतंककारीको आक्रमणमा परी जम्मु कश्मिरमा पाँच जना भारतीय सेनाको मृत्यु भएको छ ।
जम्मु जिल्लाको पोँच भन्ने स्थानमा आतंककारीले आक्रमण गरेका थिए । आतंककारीको आक्रमणमा परी सेनाको मृत्यु यसवर्षकै धेरै भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
जवाफी कारवाहीमा ३ जना विद्रोही इन्काउन्टरमा मारिएको भारतीय सेनाले दाबी गरेको छ । उनीहरुको साथबाट गोलाबारुदसमेत बरामद गरिएको बताइएको छ ।
पाकिस्तान र भारतको लाइन अफ कन्ट्रोलमा अहिले भारतीय सेनाले अपरेसन जारी गरिरहेको जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया