अस्वस्थताका कारण फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित
नेपालखोज
२०७८ असोज २६ गते १७:५७

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भएका छन् ।
स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा शर्मा उपस्थित नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् । प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया