विश्वकप फुटबलका लागि डेनमार्क छनोट
नेपालखोज
२०७८ असोज २७ गते ६:४८

काठमाडौं । डेनमार्क अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ ।
गएरातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको हो ।
यो सँगै डेनमार्क विश्वपमा छनौट हुने तेस्रो राष्ट्र बनेको छ । यसअघि आयोजक कतार र जर्मनीले विश्वकपमा ठाउँ सुरक्षित गरिसकेका छन् ।
गएरातिको जितपछि विश्वकप छनौटको युरोपेली समूह एफ मा डेनमार्कले ८ खेलबाट २४ अंक जोडेको छ ।
जारी छनौटमा डेनमार्कले अहिलेसम्म सबै ८ खेल जितेको छ । यो समूहमा १७ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ ।
गएराति भएको अर्को खेलमा क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले लक्जेम्बर्गलाई ५–० ले हरायो ।
यो समूहमा पोर्चुगल १६ अंकसहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको सर्विया १७ अंकसहित शिर्ष स्थनमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया