शुक्रबार, वैशाख १४, २०८१

पारपाचुकेका लागि ठूलो रकम चुकाउने बलिउड कलाकार !

नेपालखोज २०७८ असोज २७ गते १४:३८

मुम्बई । हालै दक्षिण भारतकी सुपरस्टार सामंथा आफ्ना स्टार पति नाग चैतन्य अक्किनेनीसँग अलग भइन् । दुवै स्टारले आपसी सहमतिमा पारपाचुके लिए । बाहिर आएको खबरअनुसार नाग चैतन्यले पारपाचुके बापत सामंथालाई ३२० करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए तर सामंथाले पारपचुके बापत कुनै पनि रकम लिन अस्वीकार गरिन् । हलिउडको जस्तै भारतमा पनि कलाकारहरुले पारपाचुकेबापत ठूलो रकम भुक्तानी गर्दै आएका छन् । हेरौं पारपाचुके गरेबापत ठूलो रकम चुकाउने केही सेलिब्रिटीको कथा :

ऋत्विक रोशन-सुजैन खान : बलिउडका लोकप्रिय जोडीमध्ये एक ऋत्विक-सुजैनले आफूहरु अलग हुन लागेको खबर सुनाएर सबैलाई आश्चर्यचकित तुल्याएका थिए । लगभग १४ वर्ष सँगै बसेपछि उनीहरुको बाटो अलग भयो । मिडिया रिपोर्टअनुसार सन् २०१३ मा पारपाचुके गर्दा सुजैनले ऋत्विकसँग ७०० करोड रुपैयाँ मागेकी थिइन् । भनिन्छ पछि उनी त्यसमा लगभग ५० करोड कम गर्न राजी भइन् । यता ऋत्विकले भने यो खबरलाई हल्ला बताएर टारिदिए ।

अरबाज खान-मलाइका अरोडा : लगभग १९ वर्ष सँगै बसेपछि अरबाज र मलाइका अलग भए । भारतीय मिडियाहरुका अनुसार मलाइकाले अरबाजसँग पारपाचुके बापत १५ देखि २२ करोड रुपैयाँसम्म माग गरेकी थिइन् । अरबाजले मलाइकालाई कति रकम दिए भन्ने कुराचाहिँ सार्वजनिक जानकारीमा आएन ।

सैफअली खान-अमृता सिंह : सैफ र अमृताले सन् १९९१ मा विवाह गरेका थिए भने १३ वर्षपछि उनीहरुले पारपाचुके लिए । सन् २०१५ मा दिएको एक अन्तर्वार्तामा सैफले आफूले अमृतालाई पारपाचुके बापत आठ करोड रुपैयाँ दिएको कुरा बताएका थिए । त्यसबाहेक सैफले छोरा इब्राहिम १८ वर्षको नहुन्जेल अमृतालाई हरेक महिना डेढ लाख रुपैयाँ भरणपोषण बापतको रकम पनि दिएका थिए ।

करिश्मा कपुर-सञ्जय कपुर : अभिनेत्री करिश्मा कपुर र व्यवसायी सञ्जय कपुरको १३ वर्ष पुरानो विवाह सन् २०१६ मा आएर टुंगियो । बलिउड मिडियाहरुका अनुसार पारपाचुके गर्दा करिश्माले मुम्बईमा भएको सञ्जयको एक घर लिएकी थिइन् । त्यसका साथै सञ्जयले आफ्ना सन्तानको नाममा करिब २३ करोडको बन्ड पनि लिएका थिए जस बापत करिश्मालाई अहिले पनि हरेक महिना १० लाख रुपैयाँ ब्याज प्राप्त हुन्छ ।

प्रतिक्रिया