नेपाल आइडल – सिजन ३ ग्रान्ड फिनाले : को बन्ला तेस्रो नेपाल आइडल ?
काठमाडौं । लोकप्रिय गायन रियालीटि शो “नेपाल आइडल” को सिजन ३ को फाइनलको प्रशारण नेपाल आइडलको आफ्नै स्टुडियोबाट यतिबेला भइरहेको छ ।
यसको प्रशारण AP1 टेलिभिजन च्यानल तथा यूट्यूबमा नेपाल आइडलको आधिकारीक च्यानलबाट हेर्न सकिन्छ । देशकै चर्चित गायन रियालिलिटी शो ‘नेपाल आइडल’ सिजन ३ को ग्रान्ड फिनालेमा अबको केही बेर पछि देशले तेस्रो नेपाल आइडल प्राप्त गर्नेछ ।
कार्यक्रमका विभिन्न छनौटका चरणहरु पार गर्दै उत्कृष्ट तीनमा पुग्न सफलहरुमध्येबाट एक जनाले आज नेपाल आइडल सिजन ३ को ट्रफि चुम्नेछ । उत्कृष्ट अन्तिम् ३ मा पुग्न सफलहरुमा सर्वाधिक रुचाइएका सज्जा चौलागाईं, प्रवीण बेडुवाल तथा किरणकुमार भुजेलबिच कडा प्रतिश्पर्धा रहेको छ ।
यस वैश्वीक स्वास्थ्य संकटका क्रममा सावधानीपूर्ण संचालन गरिएको यस नेपाल आइडलका आयोजक तथा सम्पूर्ण सहभागी प्रतियोगीहरुलगायत मिहिनेत तथा लोकप्रियतामा आफूलाई अन्तिम् ३ मा पार्न सफल प्रतियोगीहरुलाई हार्दिक शुभकामना !
प्रतिक्रिया