सडक दुर्घटना रोक्न नियामक निकाय सचेत बन्नुपर्छ : राष्ट्रपति भण्डारी

नेपालखोज २०७८ असोज २७ गते ८:३८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सडक दुर्घटना रोक्न नियामक निकाय तथा सेवा प्रदायकहरू सचेत रहनुपर्ने बताएकी छन् ।

मंगलबार राति ट्विट गर्दै राष्ट्रपति भण्डारीले चाड पर्वका बेला सवारी दुर्घटनाका घटना बारम्बार दोहोरिरहेकाले सम्बन्धित निकाय जिम्मेवार बन्न सुझाव दिइन् ।

राष्ट्रपति भण्डारीले मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डढेल्धुरा, कास्कीलगायत विभिन्न ठाउँमा भएको दुर्घटनामा धेरै सर्वसाधरणले ज्यान गुमाउँदा आफू मर्माहत भएको उल्लेख गरिन् ।

केही दिन यता धेरै जनधनको क्षति हुने गरी भएका सडक दुर्घटना भएकाले यस्ता घटना दोहोरिन नदिन नियामक निकाय, सेवाप्रदायक तथा सेवाग्राहीले सतर्कता अपनाउनुपर्ने बताएकी हुन् ।

उनले विभिन्न सडक दुर्घटनाका घाइतेहरूको स्वास्थ्य लाभको कामनासमेत गरेकी छन् ।

प्रतिक्रिया