मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो
नेपालखोज
२०७८ असोज २७ गते ९:०३

रुपन्देही । रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु गएरातीबाट हटेको छ । प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएपछि आइतबारबाट कर्फ्यु लगाइएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिएका छन् ।
आइतबार स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो ।
औद्योगिक क्षेत्रको अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा स्थानीयले सुरक्षाकर्मीलाई ढुंगामुढा र पेट्रोल बम प्रहार भएपछि बल प्रयोग गर्नु परेको प्रशासनको दाबी छ ।
सम्बन्धित

प्रतिक्रिया