थसीमा ५८ जनाले गरे रक्तदान

काठमाडौं । नेवा: देय् दबू महालक्ष्मी नगर कचा:ले ललितपुरको महालक्ष्मी नगरपालिका ६, थसीमा रक्तदान एवं सम्मान कार्यक्रम गरेको छ । महालक्ष्मी नगरपालिका ६ का वडाध्यक्ष वासुदेव महर्जनको प्रमुख आतिथ्यतामा सञ्चालित रक्तदान एवं सम्मान कार्यक्रममा नेवा: देय् दबूका केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकार, स्वास्थ्य सेवा विभाग नेपाल रेडक्रस सोसाइटीकी निर्देशक डा. मनिता राजकर्णिकार तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक रक्तदाता स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको उपस्थिति थियो । कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।
नेवा: देय् दबू महालक्ष्मी नगर कचा:का अध्यक्ष विजयकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई उनकै तस्बिरअंकित टी-सर्ट सार्वजनिकसमेत गरिएको थियो ।
कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्त्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि रक्तदान कार्यक्रम आयोजना गरिएको नेवा: देय् दबू महालक्ष्मी नगर कचा:का अध्यक्ष विजयकुमार महर्जनले जनाकारी दिए ।


प्रतिक्रिया