सक्रिय संक्रमित संख्या १४ हजारमा झर्यो

काठमाडौं । नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १४ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या १४ हजार २६७ मा झरेको छ ।
गत चौबीस घण्टामा नेपालमा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ६७१ जनाको पीसीआर परीक्षणमा ३२६ र २ हजार १९२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९ जना गरि कुल ३६५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ७८ हजार ३५० पुगेको छ । हाल नेपालमा संक्रमण निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।
त्यस्तै, चौबीस घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २६१ पुगेको छ ।

प्रतिक्रिया