दसैँमा काठमाडौंका गल्लीहरु सुनसान
नेपालखोज
२०७८ असोज २८ गते १६:०५

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दसैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।
सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् ।
काठमाडौंमा मानिसहरुको खचाखच हुने न्यूरोड, आरएनएसी, भद्रकालीलगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् । दसैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया