चौबीस घण्टामा थपिए ४५५ जना संक्रमित, ८०४ डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ४ सय १८ पीसीआर परीक्षणका क्रममा ३ सय ९८ जना र २ हजार ७ सय ९६ एन्टीजेन परीक्षणका क्रममा ५७ जना गरि कुल ४५५ जनामाकोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत चौबीस घण्टामा थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार २ सय ६९ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ८०४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ७९ हजार १५४ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९६ दशमलव ९ प्रतिशत पुगेको छ । हाल नेपालमा १३ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गत चौबीस घण्टामा ४ हजार ७८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा ८३ लाख ८८ हजार चार सय दुई जनाले पहिलो मात्रा र ६४ लाख ६९ हजार एक सय ५९ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया