चौबीस घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, ८४५ डिस्चार्ज

नेपालखोज २०७८ असोज ३० गते १७:०५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७३ नमुनामध्ये १ हजार ४४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ गरी कुल १४७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ४ हजार ६५२ र एन्टीजेन विधिबाट ९३ हजार ३५६ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ मा झरेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ८४५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ७ लाख ८० हजार ७७६ पुगेको छ । हाल नेपालमा संक्रमण निको हुने दर ९७ दशमलव ३ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ जनको कोरोना कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार २७८ पुगेको छ ।

प्रतिक्रिया