बिहीबार, चैत १५, २०८०

पारपाचुकेको हल्ला पचाउँदै आएका जोडी !

नेपालखोज २०७८ असोज ३१ गते ७:२१

मुम्बई । भारतमा साउथकी सुपर स्टार सामन्था तथा नागा चैतन्यबीचको पारपाचुकेको खबर निकै दिन समाचारको शीर्ष स्थानमा रह्यो । त्यसबीच अश्लील भिडियो प्रकरणमा राज कुन्द्रा गिरफ्तार भएपछि शिल्पा सेट्टीले राजको साथ छाड्न लागेको हल्लासमेत चल्यो । यद्यपि राज कुन्द्रा जमानतमा रिहा भएपछि उनीहरुबीचको पारपाचुकेको हल्ला, हल्लैमा सीमित भएको छ । भारतमा यस्ता हल्ला चलिरहन्छन् । अब हेरौं क-कसको पारपाचुकेको हल्ला गलत निस्कियो भन्ने कुरा ।

सामन्था र नागा चैतन्यबीचको सम्बन्ध ठीक चलिरहेको छैन भन्ने कुरा तब समाचार बन्न थाल्यो जब सामन्थाले सबै सोसल मिडिया प्लेटफर्मबाट अक्किनेनी थर हटाएर थरमा एस मात्र लेख्न थालिन् । त्यति मात्र होइन सामन्था चैतन्यका बुबा नागार्जुनको जन्मदिन पार्टीमा पनि सहभागी भइनन् । त्यसपछि उनीहरुबीच पारपाचुके हुन लागेको हल्लाले जोर पक्रियो जुन अन्तत: हल्ला मात्र रहेन, सत्य नै साबित भयो ।

No description available.

अश्लील भिडियो प्रकरणमा राज कुन्द्राको गिरफ्तारीपछि अभिनेत्री शिल्पा सेट्टीले राज कुन्द्रालाई छाड्न लागेको समाचार पनि आयो । यद्यपि राज जमानतमा रिहा भएपछि त्यो कुरा अहिले हल्ला मात्र साबित भइरहेको छ ।

No description available.

प्रियंका चोपडा र निक जोन्सनबीच सन् २०१७ मा विवाह भएको थियो । त्यतिबेला यो विवाह एक सय दिन पनि टिक्दैन भन्नेहरु निकै थिए तर यो जोडीले अहिलेसम्म ती खबरलाई झुटो साबित गर्दै आएको छ ।

टेलिभिजनका लोकप्रिय जोडी देविना बनर्जी र गुरमीत सिंहबीचको केमेस्ट्री सानदार मानिन्छ । केही समयअघि उनीहरुबीच पारपाचुके हुन लागेको खबरले धेरैलाई तताएको थियो । यद्यपि अहिले त्यो हल्ला सेलाएको छ ।

जोन अब्राहम र प्रिया रुचाल एक-अर्कासँग अलग भएको खबर कैयन्‌पटक आयो तर जोनले ती तमाम हल्लालाई गलत बताए । यो जोडीले अहिलेसम्म निकै राम्रो वैवाहिक जीवन गुजारिरहेको छ ।

No description available.

अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनले पनि पारपाचुकेको हल्लाबाट गुज्रनुपर्‍यो । अभिषेकले स्पष्ट रुपमा भनेका छन्- ऐश्वर्यालाई थाहा छ कि म उनलाई कति माया गर्छु र मलाई थाहा छ कि उनी मलाई कति माया गर्छिन् । हाम्रो विवाह, आपसी सम्बन्ध र हाम्रो जिन्दगी मिडियाले भनेअनुरुप तय हुने विषय होइन ।

No description available.

टेलिभिजन अभिनेता जय भानुशाली र माही विज पनि अलग भएको खबर सार्वजनिक भएको थियो तर उनीहरु दुवैले त्यो खबरलाई झुटा साबित गरे ।

No description available.

प्रतिक्रिया