साफ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल उपविजेतामै सीमित

नेपालखोज २०७८ असोज ३१ गते ५:३९

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपालले उपविजेतामै चित्त बुझाउनुपर्‍यो । खेलमा नेपाललाई ३-० गोलअन्तरले पराजित गर्दै भारतले उपाधि उचालेको हो ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमै अर्थात् खेलको ४९औं मिनेटमा भारतका सुनील क्षेत्रीले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै सुरेशसिंह वाङजेमले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए ।

खेलको इन्ज्युरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे ।

प्रतिक्रिया