बिहीबार, वैशाख २७, २०८१

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु हुँदै

नेपालखोज २०७८ असोज ३१ गते १४:२९

काठमाडाैं । आइसिसी टी-२० विश्वकप आजदेखि सुरू हुँदैछ। युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।

विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७:४५ बजे सुरु हुनेछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।

यीमध्ये चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’को उपविजेता यस समूहमा रहने छन् ।

त्यस्तै, समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहने छन् । समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ । प्रतियोगिताको फाइनल युएईको दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

प्रतिक्रिया