भारतमा २२९ दिन यताकै सबैभन्दा कम संक्रमित थपिए
दिल्ली । पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यो सङ्ख्या २२९ दिनयताको सबैभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोना भाइरसबाट सङ्क्रमणमु क्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड ३४ लाख १९ हजार ७४९ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९८ दशमलव १० प्रतिशत व्यक्ति कोरोना भाइरसबाट मुक्त भएका छन् ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ९५ हजार ८४६ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२० दिन यताको सबै भन्दा कम भएको समाचारमा जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४० लाख ६७ हजार ७१९ जना पुगेको छ, भने चार लाख ५२ हजार १२४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
प्रतिक्रिया