थपिए ३९१ संक्रमित, ६ जनाको मृत्यु

नेपालखोज २०७८ असोज ३१ गते १६:५०

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ९६६ जनाको पीसीआर परीक्षणमा ३८५ र १ हजार १११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जना गरि कुल ३९१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ५ हजार ३७ र एन्टीजेन विधिबाट ९३ हजार ३६५ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार २९७ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप ६८० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ८१ हजार ४५६ पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २८४ पुगेको छ ।

प्रतिक्रिया