बिहीबार, चैत १५, २०८०

लन्च हुँदै रियल-मी क्यू-थ्री-एस, यस्ता छन् फिचर

नेपालखोज २०७८ कार्तिक १ गते १९:२३

काठमाडौं । रियल-मी जीटी न्यु टु टीका साथ रियल-मी क्यू-थ्री-एस भोलि (अक्टोबर १९) लन्च हुँदै छ । रियल-मीले आफ्नो यो स्मार्टफोनका सम्बन्धमा केही जानकारी सार्वजनिक पनि गरेको छ । रियल-मी क्यू-थ्री-एसमा एलसीडी डिस्प्ले रहनेछ । १४४ हर्जसम्मको भेरिएबल रिफ्रेस
रेटका साथ एचडीआर १० सपोर्ट पनि रहनेछ । यो स्मार्टफोनमा स्नापड्रेगन ७७८-जी चिपसेट प्रयोग गरिएको छ ।

चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वीबोमा कम्पनीद्वारा जारी पोस्टअनुसार रियल-मी क्यू-थ्री-एस १९ अक्टोबर मंगलबारका दिन रियल-मी जीटी न्यु टु टीका साथ सार्वजनिक हुनेछ । उक्त पोस्टमा रियल-मी क्यू-थ्री-एसका दुई कलर अप्सन- ब्लू र पर्पल देखिन्छन् ।

रियल-मीका प्रोडक्ट डाइरेक्टर वांग वेई डेरेकका अनुसार यो स्मार्टफोन एउटा महत्त्वपूर्ण अपग्रेडका साथ प्रस्तुत हुनेछ ।

सम्भावित स्पेसिफिकेसन
रियल-मीको यो स्मार्टफोनमा ६.५९ इन्चको फुल-एचडी प्लस (१०८० गुणा २४१२ पिक्सल) एलटीपीएस डिस्प्ले रहनेछ । भनिन्छ यो स्मार्टफोनको प्रोसेसरलाई ५१२ जीबी अनबोर्ड स्टोरेज र १२ जीबी र्‍यामका साथ जोड्न सकिनेछ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डका माध्यमबाट बढाउनसमेत सकिनेछ ।

रिफ्रेस रेट्समा विकल्प
रियल-मी क्यू-थ्री-एसको एलसीडी डिस्प्लेले भेरिएबल रिफ्रेस रेट्स सपोर्ट गर्नेछ । यो स्मार्टफोनमा सातवटा रिफ्रेस रेटको विकल्प उपलब्ध हुनेछ- ३० हर्ज, ४८ हर्ज, ५० हर्ज, ६० हर्ज, ९० हर्ज, १२० हर्ज, १४४ हर्ज आदि ।

यो भेरिएबल रिफ्रेस रेट्सको फाइदा के हुन्छ भने यी सबै रिफ्रेस रेट अटोमेटिकल्ली स्मार्टफोनको उपयोगसँग सामञ्जस्यता कायम गर्दै आफैंलाई स्मुथ र पावर सेभिङ मोडमा स्विच गर्न सक्षम हुन्छन् ।

प्रतिक्रिया