वर्षाले तहसनहस किसानका धान खेत (फेटो फिचर)

काठमाडौं । आईबार रातीदेखिको बेमौसमी वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ । मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युनचापिय क्षेत्रको प्रभाव र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको हो ।
नेपालको पश्चिम क्षेत्रमा यस बर्षको बर्षायाममा भन्दा बढी बर्षा हुनुको साथै हावा हुरी पनि आएको छ । बर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ । एक दुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् ।
उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले सूदुरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आईतवार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ ।
यो क्रम मंगलवारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ । मनसुन सकिने बेला बाढी पहिरो आउने गरि वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको अशर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन् ।





तस्बिर : रासस

प्रतिक्रिया