राखेप सदस्य-सचिव रमेश सिलवाल बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले राखेप सदस्य-सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
केपी ओली सरकारको पालामा राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पष्टीकरण सोधेको थियो । त्यो स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै सिलवालाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
सरकार परिवर्तन भएसंगै देउवा नेतृत्वको सरकारले ओली नेतृत्वको पालामा नियुक्त भएका पदाधिकारीलाई बर्खास्त गर्दै आएको छ । ओली नेतृत्वको सरकारले २०७७ साउन २३ गते सिलवाललाई दोस्रो पटक चार वर्षका लागि नियुक्त गरेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार उनी दोस्रो पटक नियुक्त भएका थिए । खुल्ला प्रतिस्पर्धाबाट निवेदन हालेर अन्तिम तीन जनाको छनोटमा परेर सिलवाल सदस्य सचिव बनेका थिए ।

प्रतिक्रिया