विश्वकप टी-ट्वान्टी क्रिकेट : श्रीलंका र आयरल्यान्ड विजयी, आज दुई खेल हुने
नेपालखोज
२०७८ कार्तिक २ गते ७:२५

काठमाडौं । विश्वकप टी ट्वेन्टी क्रिकेटको क्वालिफायर राउण्डमा श्रीलंका र आयरल्याण्ड विजयी भएका छन् ।
गएराति युएईको आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित ग¥यो ।
नामिबियाले दिएको ६७ रनको सामान्य लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए ।
हिजै भएको पहिलो खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई ७ विकेटले पराजित गरेको थियो ।
युएईको आबुधाबीमा नेदरल्यान्ड्सले दिएको १ सय ७ रनको लक्ष्य आयरल्याण्डले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि ग्यारेथ डेनिलीले ४४ रन बनाए ।
आज पनि दुई खेल हुनेछन् । आज पपुवा न्युगिनीले स्कटल्याण्डसँग खेल्दा ओमानले बंगलादेशको सामना गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया